सीमापार यातायात सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले उक्त जिल्लाबाट भारततर्फ जान सहजहुनेगरी सीमापार यातायात सञ्चालन गरिनुपर्ने माग गर्नुभएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा नेताहरूले यस्तो माग राख्नुभएको हो । उहाँहरुले कञ्चनपुर क्षेत्रमाभारतसँगको सीमा स्ट्रीप म्यापकाआधारमा तय गर्दा धेरै ठाउँमा नेपाली भूमि भारततर्फ परेको उल्लेखगर्दै यसलाई सच्याइनुपर्ने माग समेत गर्नुभयो ।
नेताहरूले कञ्चनपुरमा प्रस्तावितऔद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भएपनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई अन्त्य गरिनुपर्ने, भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने मागसमेत राख्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्