आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री बुटवलमा

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली बुटवल आउनुभएको छ ।

बुटवलको सिद्धेश्वरी मैदानमा हुने आमसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । पूर्वलुम्बिनी अञ्चल केन्द्रित आमसभामा सहभागी हुन आउनेक्रम बिहानैदेखि सुरु भएको थियो । आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट ऱ्याली निकालिएको छ ।

जनसभामा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

आमसभामा प्रदेशका २ लाख नागरिक उतार्ने मुख्यमन्त्री पोखरेलको दाबी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.