गोरखामा मानव सेवा आश्रमको भवन बन्दै

गोरखा – मानव सेवा आश्रम गोरखाको भवन शिलान्यास गरिएको छ । भवन गोरखा नगरपालिका ८ को अर्चले भन्ने स्थानमा बन्ने भएको हो ।

भवनको शिलान्यासपछि भएको कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले आफुले यस अघि देखेको सपना पुरा हुन लाग्दा खुशी भएको बताउनुभयो । कार्यक्रममा मेयर पन्तले गोरखा सदरमुकाम भित्रै मानव सेवा आश्रमको भवन निर्माण गर्ने आफ्नो सपना साकार हुन लागेको भन्दै आगामी दिनमा पनि भवन निर्माणका लागि नगरपालिकाबाट सहयोग जारी रहने बताए ।

संयुक्त रुपमा भवनको शिलान्यास गरेका पालुङटार नगरपालिकाका मेयर दिपकबावु कँडेलले सबै भन्दा ठूलो सेवा मानवी सेवा भएकोले यस्ता कार्यका लागि बन्न लागेको भवनलाई नगरपालिकाले सहयोग उपलब्ध गराउने बताउनुभयो ।

करिब १० रोपनी क्षेत्रफलमा फैलिएको जमिन गोरखा नगरपालिकाले ५० बर्षका लागि आश्रमलाई भोगाधिकार दिएको छ ।

२१ हजार स्वायर फिटमा फैलिएको जमिनमा  ६ तले भवन निर्माण हुने  निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केले जानकारी दिनुभयो ।

भवन निर्माणकालागि प्रदेश सरकारमार्फत ५० लाख र गोरखा नगरपालिकाले पहिलो चरणमा २० लाख रुपैँया अनुदान स्वरुप उपलब्ध गराएको छ ।

भवन निर्माणमा ६ करोड ५० लाख रुपैयाँ खर्च हुनेछ ।

गोरखा आश्रम बालबालिकाहरुकोलागि अध्ययन केन्द्र बनाइएको छ । यहाँ अहिले विभिन्न जिल्लाका अभिभावक विहिन ४१ जना बालबालिकाहरुले आश्रय लिँदै आएका छन ।

सबैलाई निजी विद्यालयमा अध्यापन गराइएको मानव सेवा आश्रम गोरखाले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.