“नो अब्जेक्शन सर्टिफिकेट” अनलाइनबाट दिने निर्णय कार्यान्वयनमा आएन

काठमाडौं- नेपालबाट विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या अघिल्लो बर्षको तुलनामा यो बर्ष आधाले घटेको छ ।
विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जाने अनुमति पत्र लिन सजिलो होस् भन्ने उदेश्यले अनलाईनबाटै आवेदन दिने प्रणाली सरकारले अघि बढाएको भएपनि अनलाईन प्रणाली शुरु हुन भने सकेको छैन ।

आर्थिक बर्ष ०७५/०७६ मा ६३ हजार विद्यार्थीले विदेशमा अध्ययन गर्नका लागि अनुमति पत्र लिएकोमा गत आर्थिक बर्षमा ३३ हजारले मात्र यस्तो अनुमति पत्र लिएका थिए ।
विश्वभर फैलिएको कोरोना १९ को महामारीका कारण विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या घटेको भनाई शैक्षिक परामर्शकर्ताको छ ।
साथै अन्तर्राष्ट्रिय उडान पुनः शुरु गर्ने भएपछी विदेशमा अध्ययन गर्न जाने अनुमति पनि दिनुपर्ने धारणा परामर्शकर्ताको छ ।

विगतमा दैनिक करिव ५ सय जना विद्यार्थीले अनुमति पत्र लिने गरेकोमा गत बर्षको फागुन १९ गतेदेखि त्यस्तो अनुमति दिने कार्य बन्द छ ।
लकडाउनको घोषणा भएपछि नयाँ विद्यार्थीलाई अनुमति पत्र नदिइए पनि विदेशमै रहेका र कलेज अथवा विषय परिवर्तन गर्न चाहने वा माथिल्लो तहमा अध्ययन गर्न चाहनेका लागि भने यस्तो पत्र दिने काम जारी छ । यस अवधिमा ८८ जनाले यस्तो पत्र लिएका छन् । यसैबीच विदेशमा अध्ययन गर्न जाने अनुमतिपत्र अथवा नो अब्जेक्शन सर्टिफीकेट अनलाईनबाट दिने निर्णय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको छ ।
तर घोषणा भएको एक साता सम्म पनि यसको कार्यान्वयन भने हुन सकेको छैन ।
अनलाईन प्रणाली कार्यान्वयन भएमा आफ्नै ठाउँबाट विद्यार्थीले सहज रुपमा अनुमति पत्रकालागि आवेदन दिन सक्ने छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.