पोखरामा फोहोरमैला व्यवस्थापनमा चुनौती

कास्की- पोखरा महानगरपालिकालाई स्मार्ट सिटी बनाउने भनिएपनि आजकल यो दिनप्रतिदिन दुर्गन्धित बन्दै गइरहेको छ ।

महानगर क्षेत्र भित्र फोहोरमैला तथा सडक पशु चौपायको राम्रोसँग व्यवस्थापन नहुदाँ यो समस्या दिनप्रतिदिन बढ्दो छ । जसकारण शहर नै कतिपय अवस्थामा कुरुप देखिने गरेको छ ।

आजकल विहानी समयमा शहरका मुख्य चोकका सडममा यत्रतत्र फोहोर फालिएको तथा छाँडा पशु चौपायले उक्त फोहोर खोतल्दै खाँदै गरेको र छिरलेको देख्न सकिन्छ । जसकारण दिनप्रतिदिन पोखरा शहर दुर्गन्धीत बन्दै गएको छ ।

विशेषगरी पोखराको मुख्य बजार चिप्लेढुङगा, न्यूरोड, महेन्द्रपुल, नयाँबजार, सभागृहचोक, पृथ्वीचोक लगायतका स्थानमा यो समस्या बढी मात्रामा देखिएको हो ।

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले स्थानीयले रातको समयमा सडकमा ल्याई जथाभावी फोहोर फाल्दा त्यसको व्यवस्थामा समस्या भइरहेकोे बताउनुभयो । महानगरले फोहोर फाल्ने गाडीमा मात्रै फोहोरमैलाको व्यवस्थापन गर्नु भनेको छ , तर स्थानीयले भने त्यसको पूर्ण कार्यान्वयन नगरेको उहाँले जनाउनुभयो ।

यता स्थानीयले भने फोहोरमैला व्यवस्थापनका लागि महानगरपालिकाले समयसमयमा गाडी उपलब्ध गराउनु पर्ने बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.