पृथ्वी राजमार्ग अझै अबरुद्ध

धादिङ-अविरल वर्षासंगै पृथ्वी राजमार्गको कृष्ण भिर नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । सडक खुलाउनका लागि सडक विभागको टोली र प्रहरीले काम गरिरहेका छन । बेनीघाट रोराङ्ग गाउँपालीकाको वडा नं–७मा पर्ने कृष्ण भिर नजिकैको सो स्थान पहिरोको उच्च जोखिमा परेको ठाँउ हो । यसैगरी गएराति नै नारायणगढ–मुग्लिङ सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहिरो खसेको हो । यसैगरी पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पनि पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । बन्दीपुर गाउँपालिकास्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.