मन्त्री र सांसदहरुलाई आजदेखि खोप लगाइँदै

काठमाडौं- कोरोना विरुद्धको खोप अभियानको दोश्रो चरणमा आज प्रतिनिधिसभा , राष्ट्रियसभा र सचिवालय मातहतका पदाधिकारी, मन्त्री र कर्मचारीलाई खोप लगाइदै छ।

यस अभियान अन्तर्गत सभामुख अग्निप्रसाद सापकोटाले आजै खोप लगाउनु भयो ।

यसैगरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , उपाध्यक्ष शशिकला दाहाल, मन्त्रीहरू र दुवै सदनका सांसदहरुका साथै सचिवालयका कर्मचारीलाई खोप लगाइदै छ।

सिभिल अस्पताल नयाँ बानेश्वरबाट कोरोनाविरूद्ध उहाँहरूलाई खोप लगाइदै छ। यो कार्यक्रम तीन दिनसम्म चल्ने छ।

प्रतिनिधिसभाको अधिवेशन यही २३ गते शुरु हुने भएकाले संसद सचिवालय मातहतका सबैलाई खोप लगाउने व्यवस्था गरिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.