प्रचण्ड–माधव समूहद्वारा प्रतिनिधि सभाको पहिलो बैठक बहिष्कार

काठमाडौं– नेकपा प्रचण्ड माधव समूहले प्रतिनिधि सभाको पहिलो बैठक बहिष्कार गरेको छ ।

सरकारले ल्याएको अध्यादेश पहिलो बैठकमा प्रस्तुत गर्ने कार्यसूची ल्याएकोमा विरोध जनाउँदै प्रचण्ड माधव समूहले बैठक बहिष्कार गरेको हो । नेता भीम रावलले कार्यसूचीबाट अध्यादेश प्रस्तुत गर्ने विषय हटाउन माग गर्नुभएको थियो ।

रावलको मागमा नेकपा सांसद खगराज अधिकारीले आपत्ति जनाउनुभएको थियो ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै अध्यादेश जारी गर्नुपर्ने कानूनी बाध्यता बुझिदिन आग्रह गर्नुभएको थियो । तर, प्रचण्ड माधव समूह बाहिरिएको थियो ।

त्यसपछि पनि बैठक सुचारु रह्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.