मुद्दा हारे पनि अदालतका सबै फैसला मान्छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुद्दा हारे पनि अदालतको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले अदालतको फैसला सबैले मान्नुको विकल्प नभएको बताउनुभयो । ‘तर मुद्दा लडेर आएपछि ताजुब देखियो,’ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो,’ तर एउटा फैसला आउँदा अदालतको जयजयकार गर्ने, अर्को चाहिँ के गरेको भन्ने ?’

संसदको पहिलो बैठक सेटिङमा चलेको पनि प्रधानमन्त्रीले बताउनुभयो । ‘पहिलो बैठक पहिलो गाँसमै झिंगाजस्तै भयो,’ उहाँले भन्नुभयो, ‘गजबको सेटिङ । उफ्रेको हो कि धामी नाच हो, खुर्र नारा लगाएको छ, एउटा निस्केको छ, फेरि अर्को बाहिरिएको छ ।’

प्रधानमन्त्रीले सरकारले महत्वपूर्ण अध्यादेश जारी गरेको बताउँदै संसदले अस्वीकार गर्न सक्ने व्यवस्था हुँदाहुँदै सदन चल्न नदिएकोमा असन्तुष्टि जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.