जनजीवन सामान्य भए पनि कोरोना संक्रमणको जोखिम कायमै
काठमाडौं– पछिल्लो समय जनजीवन सामान्य भएपनि कोरोना संक्रमणको जोखिम भने कायमै छ । मानिसहरुले अपनाउने गरेको स्वास्थ्य सावधानी घट्दै गइरहेकोले संक्रमणको जोखिम कायमै रहेको विज्ञहरुको भनाइ छ।
नेपालमा पछिल्लो २४ घन्टामा १०४ जना संक्रमित थपिएका छन् । यो सँगै हालसम्म २ लाख ७४ हजार ९ सय ७३ जना संक्रमित भएका छन । पछिल्लो २४ घण्टामा ७३ जना संक्रमणमुक्त भएको भएको र हालसम्म २ लाख ७१ हजार ५० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ ।
देशभर ९ सय ७० जना सक्रिय संक्रमित छन । आइसोलेसनमा ९११ जना छन् भने ५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्