नेपाल–खनाल समूहले भन्यो, ‘विधानविपरीत काम भयो’
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले गरेका निर्णयलाई वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहले विधानविपरीत भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार साँझ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल–खनाल पक्षको आकस्मिक स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हा । शुक्रबार बालुवाटार बैठकमा भएका निर्णयले महाधिवेशनको नीति निर्देशन उलंघन गरेको आरोप भीम रावलले बैठकपछि बताउनुभयो । उहाँले सुरुमा नेकपा फुटाउने षड्यन्त्र गरेको र दुई पार्टीको एकता समाप्त भएपछि एमाले पार्टी फुटाउने सोचले काम गरेको देखिएको आरोपसमेत लगाउनुभयो ।
विधान विपरितको कामको विरोध र अस्वीकार गर्ने निर्णय गरिएको उहाले बताउनुभयो । पार्टीलाई तहसनहस बनाएर राष्ट्रियता र स्वाधिनता अप्ठेरोमा पार्ने काम गरेको भन्दै यो विषयमा बैठकमा गम्भीर समीक्षा भएको रावलको भनाइ छ ।
त्यस्तै नेता रघुजी पन्तले शुक्रबार बालुवाटारमा भएको ओली समूहको भेला विधि विपरीतको बैठक भएको आरोप लगाउनुभयो । बैठकले एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गर्ने, आफू पक्षका नेताहरुको जिम्मेवारी खोस्नेलगायतको निर्णय गरेपछि खनाल नेपाल समूह आक्रोशित भएको छ ।
प्रतिक्रिया राख्नुहोस्