२८३ वटै स्थानीय तहमा पाँच वर्षभित्र सडक पुर्याइने, प्रधानमन्त्रीद्वारा शुभारम्भ
काठमाडौं– सरकारले सडक सञ्जालले नजोडिएका २८३ वटै स्थानीय तहमा पाँच वर्षभित्र सडक पुर्याउने योजनाको शुभारम्भ गरेको छ। योजनाको आइतबार एक समारोहकोबीच प्रधानमन्त्री के पी शर्मा ओलीले शुभारम्भ गर्नुभयो ।
योजनाको शुभारम्भ गर्नुहुँदै प्रधान मन्त्री के पी शर्मा ओलीले देशलाई विकास र समृद्ध तुल्याउन यो योजना महत्वपुर्ण सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । यो देश र जनतालाको स्तरलाई माथि उठाउने राष्ट्रव्यापी अभियान भएकोले यसलाई सफल तुल्याउन सवैपक्षसँग आग्रह गर्नु भयो ।
सडक योजनाको निर्माण कार्य सातवटै प्रदेशमा एकसाथ सुरु हुँदैछ । तोकिएको समय भित्रै योजना सम्पन्न गर्न सडक सञ्जालले नजोडिएका स्थानीय तहका जनप्रतिनिधि र सम्बन्धित प्रदेशका मुख्यमन्त्रीले निर्माण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सडक सञ्जाल निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार तीनै तहले संयुक्त लगानी गर्ने समझदारी भएको छ । योजना सम्पन्न गर्न ५ खर्व लाग्ने स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्