जमिन चक्लाबन्दी गरेर अत्याधुनिक मेसीनबाट धान रोपाईं सुरु
चितवन- कृषिमा आधुनिकरणका साथै उत्पादन लागत घटाउने उद्देश्यले चितवनमा आधुनिक मेसीनबाट चैते धान लगाउन सुरु गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाले चितवनको रत्ननगर नगरपालिकाको बछौली र खैरहनी नगरपालिकाको कुमरोजमा जमीन चक्लाबन्दी गरेर अत्याधुनिक मेसीनबाट धान रोपाई गर्न सुरु गरिएको परियोजना कार्यन्वयन ईकाई भरतपुरका सुचना अधिकृत माधव पौडेलले बताउनुभयो ।
आधुनिक मेसीनबाट रोपाईं गर्दा उत्पादन लागतमा करीब ५० प्रतिशतले कमी आउने अनुमान गरिएको उहाँले बताउनु भयो । चितवनमै पहिलो पटक करिब २० लाखको लागतमा चारपाङ्ग्रे र ६ लाईनमा एकैपटक रोपाईं गर्न सकिन मेसिन खरिद गरीएको छ ।
उक्त मेसिनबाट करिब २० बिगाह जमिनमा रोपाईं गर्ने लक्ष्य रहेको छ । मेसिनले धान रोप्दा लाईनमा रोप्ने र बालीमा गोग किराको प्रकोपमा पनि कमी आउने र बालिमा हावा पानी सजिलै लाग्ने र उत्पादन बृद्धि हुने प्राविधिकहरुले बताएका छन् ।
धान जोन परियोजनाले उक्त क्षेत्रको करीब ५२ बिगाह जमिनलाई चक्लाबन्दी गरेर खेति गर्दै आएको छ । चितवनमा चैते धान प्रति बिगाह ६ मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ ।-
प्रतिक्रिया राख्नुहोस्