‘मावली दिदी’ लोकार्पित

काठमाडौँ- साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो कथासङ्ग्रह मावली दिदीको हिजो प्रज्ञा भवन, कमलादीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती लगायतले लोकार्पण गर्नुभयो ।

लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुलपति उप्रेतीले कथाकार ढकाल ऊर्जाशील र सिद्धहस्त साहित्यकार भएको उल्लेख गर्नुभयो ।

प्रज्ञा-प्रतिष्ठानको आख्यान विभाग प्रमुखसमेत रहनुभएकी वरिष्ठ कथाकार प्राज्ञ ठकुरीले मावली दिदी हाम्रै गाउँसमाजकी एउटी प्रतिनिधिमूलक पात्र भएको बताउँदै कथासङ्ग्रहभित्रका सबै कथाहरूले पाठकलाई तान्ने दाबी गर्नुभयो ।

लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समालोचक डा. यज्ञश्वर निरौलाले सङ्ग्रहभित्रका सबै कथाहरू पठनीय रहेको उल्लेख गर्नुभयो । उहाँले कथाकार ढकालले नयाँ शैलीबाट कथा वाचन गर्नुभएको बताउनुभयो ।

धनकुटाको चुङमाङमा जन्मिनुभएकी कथाकार विन्दु अधिकारी ढकालको यसअघि ‘विन्दुहरू’ नामक कविताकृति प्रकाशित छ । मावली दिदी ब्रदर बुक्स पब्लिकेशनले प्रकाशन गरेको हो । सङ्ग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् । मावली दिदी ब्रदर बुक्स पब्लिकेशनले प्रकाशन गरेको हो । सङ्ग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.