विश्व शान्तिको कामना गर्दै देशभर मैत्री पूजा हुने

काठमाडौं- बोधि मार्ग दर्शन मैत्री धर्मले भोलिदेखि देशका विभिन्न भागमा विश्व शान्ति महा मै मैत्री पूजा तथा प्रार्थना शुरु गर्ने भएको छ ।

अस्तित्वको समुचित नियमन तथा शान्ति, सह-जीवन, सह-अस्तित्व, सह-वास, सहकार्य तथा वातावरणको रक्षा र मुक्ति मोक्षका लागि यही चैत्र ८, ९, १०, ११ र १२ गते १६औं महा मै मैत्री दिवशको अबसरमा विशेष पूजाको आयोजना गर्न लागेको संघले विज्ञप्ती जारी गरी जानकारी दिएको हो ।

महा सम्बोधि धर्म संघ गुरुको जन्मस्थल लगायत नेपालका बिभिन्न स्थानहरूमा यो विशेष पूजा हुने बोधि श्रवण धर्म संघले जनाएको छ ।

भोलि चितवनबाट प्रारम्भ गरी ९ गते ललितपुर, १० गते सिन्धुपाल्चोक, ११ गते झापा र १२ गते सर्लाही जिल्लाको पत्थरकोटमा अनुष्ठान सम्पन्न गरिने सो संघले जनाएको छ ।

सत्यलाई कसैले कतैबाट कुनैपनि तरिकाबाट कुल्चन नसक्ने अमर तथ्य बुजेर समय रहँदै सत्य मार्ग अवलम्वन गर्न संघले विज्ञप्तीमार्फत आव्हान पनि गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.