प्रदेश १ सरकार पुनर्गठन, ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त

विराटनगर– ०७४ साल फागुन ३ गते प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा गठित मन्त्रिपरिषदमा ४ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरिएको छ ।

नवगठित मन्त्रीपरिषदमा टंक आङबुहाङ आर्थिक मामिला तथा योजना मन्त्री, रामबहादुर मगर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, उषाकला राई सामाजिक विकास मन्त्री र अम्बिर बाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनुभएको छ । यसैगरी राजकुमार ओझा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री र कला घले भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री हुनुभएको छ ।

राम बहादुर मगर र अम्बिर बाबु गुरुङ यस अघिको सोही मन्त्रालयमा राज्यमन्त्री हुनुहुन्थ्यो ।

विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रम बीच प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मन्त्रीहरुलाई र मुख्यमन्त्री शेरधन राईले राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराउनुभयो ।

पुनर्गठनपछि मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ । नेकपाको विवादका क्रममा २ जना मन्त्री र २ जना राज्यमन्त्रीले राजीनामा दिनुभएको थियो ।

माओवादी केन्द्रबाट निर्वाचित टंक आङबुहाङ यस अघि नेकपाका उपनेता हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्र परित्याग गरी एमालेमा आउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.