सांसद खड्कालाई पनि माओवादीले हटायो

काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्कालाई पार्टीबाट हटाएको छ ।

माओवादी केन्द्रले खड्काले पार्टी त्यागेको जानकारी संघीय संसद सचिवालयलाई दिएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

उहाँ माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशबाट निर्वाचित हुनुभएको थियो । राष्ट्रिय सभा अध्यक्षले सूचना निकालेसँगै उहाँको पदरिक्त हुनेछ ।

माओवादी केन्द्र छाडेका रामबहादुर थापाको स्थानमा जेठ ६ गते उपचुनाव हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.