पूर्वराजा ज्ञानेन्द्र, पत्नी कोमल र छोरी प्रेरणाको स्वास्थ्य सुधार

काठमाडौं– कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्थामा सुधार भइरहेको छ । कोरोनाका लक्षणहरु कम हुँदै गएका छन् ।
उहाँहरुको शनिबार दिउँसो १ बजेदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
केही दिनअघि उहाँहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाँहरुको आइतबार साँझसम्मको अवस्था स्थिर र सामान्य रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्