काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी
काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी गरिएको छ ।
सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी एक दुई दिनभित्र नै लागू हुने गरी कडाइ गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँले बन्दको निर्णय गर्दा सर्वसाधारणलाई घर फर्कनका लागि समय दिइने र निर्णय भने एकदुईदिनपछि मात्र लागू हुन सक्ने बताउनुभयो ।
उहाँले कोरोना संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यकामा कडाइ गर्न लागिएको बताउनुभयो । त्यस्तै नागरिकलाई सहज होस भनेर केही क्षेत्र भने खुल्ला गर्न सकिने पराजुलीले बताउनुभयो । उहाँले कोरोना नियन्त्रण र रोकथामका लागि अनुगमन र माइकिङ लगायतलाई तीव्रता दिएपनि त्यसले पनि नपुग्ने भएकाले कडाइ गर्न लागिएको उल्लेख गर्नुभयो ।
कडाइका क्रममा दैनिक उपभोग्य वस्तु विक्री गर्ने पसललाई भने सहज होस् भनेर समय तोकिने पनि जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्