दीपक मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त

पोखरा– गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा दीपक मनाङे नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभयो ।

मुख्यमन्त्रीविरुद्ध संसदमा अविश्वास प्रस्तावमाथिको छलफल सकिएको छ । मतदानमा जानुअघि प्रदेश सांसद हराएको भन्दै जनमोर्चाले निवेदन दिएपछि सभामुखले अनिश्चितकालका लागि प्रदेश सभा स्थगित गर्नुभएको थियो ।

मनाङे एमालेको समर्थनमा स्वतन्त्र निर्वाचित हुनुभएको हो । मन्त्री नियुक्त भएपछि उहाँले आफूसँग मन्त्रालय हाँक्ने योजना रहेको सुनाए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.