अग्नी पीडितलाई कपडा वितरण, घर बनाइदिने घोषणा

रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिका–२ का अग्नी पीडितहरुलाई राष्ट्रिय युवा संघ रोल्पाले कपडा वितरण गरेको छ ।
जंगलमा लागेको आगो गाउँमा पस्दा गत मंगलवार घरबिहिन भएका त्रिवेणी गाउँपालिका–२ पिराले, बर्तिबाङ, चेत्रे, धनबाङका ३७ घर परिवारलाई युवा संघले २ लाख बराबरको लत्ताकपडा वितरण गरेको हो ।

तत्कालका लागि अति आवश्यक खाद्यान्न गाउँपालिकाले र भाँडाकुडा रेडक्रसले दिएकाले लगाउने कपडाको आवश्यता महशुस गरी ३७ घरपरिवारका एक सय ७० जनालाई कपडा वितरण गरेको राष्ट्रिय युवा संघ रोल्पाका अध्यक्ष प्रेम बिकले जानकारी दिनुभयो ।

यसैबीच आइतवार अग्नी पीडितहरुलाई कपडा वितरण कार्यक्रममा युवा संघ रोल्पाले पीडितहरुको घर बनाईदिने घोषणा समेत गरेको छ ।

‘अहिले हामीले तत्कालै कपडा सहयोग गरेपनि अब हामी घर निर्माणमा पनि श्रमदान गर्छाै’ युवा संघ रोल्पाका संयोजक विकले भन्नुभयो ‘एक सय जना स्वयम्सेवक युवाहरु खटाएर हामी पीडितहरुको घर निर्माणमा जुट्ने योजना बनाएका छौं ।’

युवा संघको कपडा वितरण कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश सचिवालय सदस्य एवं त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओली, नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढा, नेकपा एमाले लुम्विनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएम, नेकपा एमाले रोल्पाका सचिव निमप्रसाद रोका लगायत स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

जिल्लामा युवा संघ मात्र नभई पार्टी र जनप्रतिनिधिहरुले आवश्यक राहत वितरण गर्ने मात्र नभई प्रदेश र संघिय सरकारसँग पनि आवश्यक राहतको माग भइरहेको नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य ईश्वरी जिएमले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.