जुलाईसम्ममा अमेरिकाले ७० प्रतिशत वयस्कलाई खोप लगाउने

न्यूर्योक– अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत वयस्कलाई कोरोना भाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गर्नुभएको छ ।

जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म अमेरिकालाई कोरोना भाइरसबाट पनि खतरामुक्त बनाउने उहाँको भनाइ छ । कोरोना भाइरस विरुद्धको लडाइ जित्नका लागि खोप अभियान नै सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय हुने भनाइ राष्ट्रपतिको छ ।

अमेरिकामा अहिलेसम्म झण्डै ५६ प्रतिशत बयस्कले खोप लगाइसकेका छन् भने बाँकी झण्डै दुई महिनामा कूल ७० प्रतिशत वयस्कलाई खोप लगाउने लक्ष्य पूरा हुने उहाँले दावी गर्नुभएको छ । राष्ट्रपति वाइडेनको प्रशासनले सुरुदेखि नै खोप लगाउने र मास्क लगाउने कार्यलाई उच्च प्राथमिकताका साथ अभियानकै रुपमा जोड दिँदै आएको छ ।

अमेरिकामा अहिलेसम्म १० करोड ५० लाख मानिसले खोप लगाइसकेका छन् भने दैनिक झन्डै १० लाख मानिसलाई खोप दिने गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.