बिरामी कर्मचारीको हेलिकप्टरबाट उद्धार गरियो

डोल्पा- उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धोबाट चारजना बिरामी कर्मचारीको हेलिकप्टरबाट उद्दार गरिएको छ ।

चार दिनदेखि बिरामीले थला परेका स्वास्थ्य संयोजक सुरेन्द्र बिक, प्राविधिक खेमराज सिँह,प्राविधिक माधन पुन र तिन्जे स्वास्थ्य चौकी प्रमुख दिक्पाल रोकायको बिहिवार विहान सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

चारैजनालाई उद्धार गरेर उपचारकालागि सुर्खेत लगिएको गाउँपालिकाले जनाएको छ ।

कार्यालयको कामको शिलशिलामा बैशाख ४ गते उपल्लो डोल्पा हिँडेका बिरामि कर्मचारीहरु रुखाखोकी,ज्वरो,शरिर दुख्ने र सासफेर्न गाह्रोहुने समस्याले सिकिस्त भएका थिए ।

मौसमा सुधार नभएपछि पहल गरेको तीन दिनपछिमात्र हेलिकप्टरबाट उद्धारगर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले बताए ।

हेलिकप्टकालागि गाउँपालिकाले छ लाख धेरै खर्च गरेको पंज्ञानीको भनाइ छ ।

हिजो अस्तीको तुलनामा चारैजना कर्मचारीको स्वास्थ्य अवस्था केही सुधार भएको धोबाट प्राविधिक कृष्णरुप बुढाले जानकारी दिए ।

चार कर्मचारीको स्वास्थ्य जोखिमलाई मध्येनजर राख्दै तीन दिनको अथक प्रयासले काठमाण्डौबाट हेलिकप्टर उडाइ उद्धारगर्न सफल भएको बरिष्ठ युवा पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.