एमाले स्थायी समितिको बैठक: राष्ट्रिय सभा सदस्य निर्वाचन र संसदबाट विश्वासको मत लिने सम्बन्धमा छलफल
कठमाडौं- नेकपा एमालेको स्थायी कमिटिको बैठक सम्पन्न भएको छ ।
बैठकमा जेठ ६ गतेको हुन गइरहेको राष्ट्रियसभा सदस्य पदकाे निर्वाचन बारे छलफल भएको र छलफलमा एमाले उम्मेदावारलाई जिताउने के कस्तो रणनीति अपनाउने र कसरी जित सुनिश्चित गर्ने भन्ने बारे छलफल भएको पार्टी प्रवक्त तथा पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बैठक पछि पत्रकारहरुलाई बताउनुभयो ।
त्यस्तै आगामी संसदको विशेष अधिवेशमा विश्वासको मत लिने बारे पनि छलफल भएको र अन्य दलहरुसँको जारी छलफल सघन ढङ्गले बढाउने र छलफललाई निरन्तरता दिने विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्