राष्ट्रियसभा सदस्य उपनिर्वाचन : गृहमन्त्री थापासहित देवकोटा र तामाङको उम्मेदवारी दर्ता

हेटौंडा– बागमती प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यको एक पदको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा , नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको उम्मेदवारका रुपमा डाक्टर खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी नेमकिपाका तर्फबाट कृष्णबहादुर तामाङ्गले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

जेष्ठ ६ गते हुने उपनिर्वाचनका लागि हेटौंडा ५ मा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय पुगेर उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उपनिर्वाचनमा बाग्मती प्रदेशका प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख एवम अध्यक्ष र उपाध्यक्षले मतदान गर्न पाउने छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिने व्यवस्था रहेको छ ।

राजनीतिक प्रतिनिधित्वका आधारमा हेर्दा एमालेको ५ हजार ८२ मत भार रहेको देखिएको छ भने कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धनसँग ४ हजार ४ सय ८२ मतभार रहेको देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.