थप खोप ल्याउने प्रयास जारी छ, समय लाग्छः स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप कोरोना विरुद्धको खोप कोभिशिल्ड ल्याउन केही समय लाग्ने जाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जगेश्वर गौतमले आज विज्ञप्ति जारी गर्दै सेरम इन्स्ट्युटिच्युट इन्डियामा आगलागी भएको र क्षमता विस्तारमा अवरोध भइरहेकोले तत्काल थप खोप दिन नसक्ने जानकारी आएको उल्लेख गर्नु भएको छ । औषधि व्यवस्था विभागको आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त कोभिशिल्ड खोप २० लाख डोज खरिद गरिएकोमध्ये १० लाख प्राप्त गरिसकिएको, १० लाख आउन बाँकी छ ।

सेरमले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर बाँकी खोप वर्तमान विश्वम परिस्थिति र भारतको अवस्था तथा कम्पनीको क्षमता विस्तार हुनेवित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ । अन्य कम्पनीका खोपहरुले औषधि व्यवस्था विभागबाट स्वीकृति पाएको र पाउने क्रममा रहेको भन्दै प्रवक्ता डा. गौतमले नेपाल सरकारले अन्य खोप प्राप्त गर्न कूटनैतिक तथा अन्य माध्यमबाट समेत प्रयास गरिरहेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.