कोरोना महामारीः जापानमा आपतकालीन अवस्था लागू

टोकियो– जापानमा कोरोना संक्रमितहरुको संख्या बढेको भन्दै विभिन्न क्षेत्रमा आपतकालिन अवस्था लागू गरिएको छ ।

टोकियो ओलम्पिक हुने समय तीन महिना बाँकी रहदा जापानमा आपतकालिन अवस्था घोषणा गरिएको छ । टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाईएको प्रतिबन्ध अब मे महिनाको अन्यसम्म रहनेछ ।

प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालिन अवस्था लागू गरिएको बताउनुभएको छ । यो अवस्थाले तोकिएको समयमा टोकियो ओलम्पिक हुने नहुने अझ बढी शंका उत्पन्न गराएको छ । जापानका प्रमुख शहरहरुमा कोरोना संक्रमणको दर उच्च रहेको छ भने अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ ।

अहिले बार रेष्टुरेन्ट सिनेमाघर पार्लरहरु बन्द गरिएका छन् । टोकियो ओलम्पिकको सय दिनको काउन्टडाउन सुरु भएको छ । जुलाई २३ बाट ओलम्पिक सुरु गरिने समय तय गरिएको छ । टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले देशको आपतकालीन अवस्थामा ओलम्पिक आइजना गर्न गार्हो हुने बताउनुभएको छ ।

कोरोना महामारीको कारण २०२० बाट ओलम्पिक स्थगित गरि २०२१ जुलाईका लागी सारिएको थियो । ओलम्पिकमा २०० देशका १० हजार भन्दा बढी खेलाडीहरुले भाग लिने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.