विश्वासको मतको पक्षमा एमालेको ह्वीप, जसपाले ह्वीप नै नलगाउने

काठमाडौं– सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन ह्वीप जारी गर्नुभएको हो ।

विश्वासको मत प्रयोजनका लागि संसदको विशेष अधिवेशन सोमबार बोलाइएको छ ।

यसैबीच संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)ले भने ह्वीप नलगाउने निर्णय गरेको छ । सांसदहरुलाई आफूखुसी मत दिन जसपाले अपिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.