आउनुस्, समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं : प्रधानमन्त्री

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा प्रधानमन्त्रीका पक्षमा मतदान गर्न दलका तर्फबाट पुनः आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न १ बजेदेखि प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ ।

उहाँले आज बिहान ट्वीट गर्दै यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने भएकाले हतारोमा कुनै अनुचित निर्णयमा जान वाञ्छनीय नहुनेमा सबै सांसदको ध्यानाकर्षण गराउनुभएको छ ।

“आउनुस्, समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,” प्रधानमन्त्री ओलीको ट्वीटमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.