कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड, ९४८३ संक्रमित, ७९ जनाको मृत्यु

काठमाडौं उपत्यकाकामा २४ घण्टामा ३९२७ जना संक्रमित थपिए

काठमाडौं– कोरोना संक्रमण र मृत्युमा आज पनि नयाँ रेकर्ड कायम भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१३१६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ९४८३ संक्रमित भएका छन् । २४ घण्टामा ७९ जनाको मृत्यु भएको छ । तर, नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको रेकर्डसमेत गर्दा एकै दिन २२५ जनाको मृत्यु संख्या थप भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ४०८४ रहेको छ ।

गत २४ घण्टामा ५२२५ जना डिस्चार्ज भएका छन् ।

काठमाडौं उपत्यकाकामा २४ घण्टामा ३९२७ जना संक्रमित थपिए । त्यसमध्ये काठमाडौंमा २७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.