गुरुङ दोस्रोपटक मुख्यमन्त्री

कास्की– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा बुधबार पुनः पृथ्बी सुब्बा गुरुङ नियुक्त हुनुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । बुधबार नै गण्डकी प्रदेशको प्रमुख सीता कुमारी पौडेलले नव नियुक्त मुख्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ । सपथ ग्रहणमा गण्डकी प्रदेश सभाका सभामुख, उपसभामुख, उच्च अदालत पोखराका मुख्यन्यायाधीश लगायत अन्य विसिष्ट ब्याक्तिहरुको उपस्थिति रहेको थियो ।
सपथ ग्रहण पश्चात पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले बिना आधार, बिना कारण गण्डकी प्रदेश सरकारप्रति अविश्वासको प्रस्ताव ल्याएर अस्थिरता ल्याएकोमा अब अस्थिरता अन्त्य भएको बताउनुभयो । मुख्यमन्त्री गुरुङले आफू लोकतन्त्रमा विश्वास राख्ने व्यक्ति भएकोले राजीनामा दिएर सहज बनाएको तर ७२ घण्टाको समय समय सम्म पनि बहुमत पु¥याउन नसकेकै कारण संविधान अनुरुप आफू पुनः मुख्यमन्त्रीमा नियुक्त भएको बताउनु भयो ।
दोस्रो पटक मुख्यमन्त्री हुनुभएका गुरुङले बुधबार नै पदभार सम्हाल्नु भएको छ । पदभार सम्हाल्दै मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय समेत गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्