‘फ्रन्टलाइनर’लाई विचलिन नहुन आह्‍वान

ललितपुर– महालक्ष्मी नगरपालिकाले नयाँ भेरियन्टसहितको कोभिड– १९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि खटिएका ‘फ्रन्टलाइनर’लाई विचलिन नहुन  आह्‍वान गरेको छ ।

नगर प्रमुख रामेश्वर श्रेष्ठले मंगलबार विज्ञप्ती जारी गर्दै चिकित्सक, एम्बुलेन्स चालकसहित शव व्यवस्थापनमा खटिएको नेपाली सेनाको टिम, महामारीमा पनि नगरको सरसफाइमा खटिएका सफाइकर्मीहरु, सुरक्षाकर्मीहरु, सबै तह र तप्का राष्ट्रसेवक कर्मचारीहरु तथा व्यक्तिगत तथा सामूदायिक हितका लागि खटिएका विभिन्न सामाजिक संस्था तथा समूहका स्वयंसेवकलाई जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्न अपिल गर्नुभएको छ ।

‘महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि खटिनुभएका चिकित्सकहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्दछु । महामारीविरुद्ध अग्रपङ्तिमा कार्यरत चिकित्सकहरुले यस असमान्य खडीमा संक्रमितको उपचार र व्यवस्थापनमा खटेर जुन खालको त्याग, समर्पण र लगनशीलता प्रदर्शन गर्नुभएको छ, त्यस कार्यको म उच्च प्रशंसा गर्दछु,’ विज्ञप्तीमा भनिएको छ, ‘महामारीका समयमा आफ्नो ज्यानको प्रवाह नगरी खट्नुभएका एम्बुलेन्स चालकहरु पनि धन्यवादको पात्र हुनुभएको छ । बिरामीलाई समयमै अस्पतालमा पुर्‍याउन, रातबिहान नभनीकन संक्रमितको उपचार तथा आइसोलेसनसम्म पुर्‍याउन एम्बुलेन्स चालकहरुले गर्नुभएको कार्यप्रति सम्मान व्यक्त गर्दछु ।’

नगर प्रमुख श्रेष्ठले निषेधाज्ञाको कडाइपूर्वक पालना गर्दै स्वास्थ्य मापदण्ड र स्वअनुशासनमा रहेर कर्तव्य निर्वाह गर्नुभएका नगरबासीहरुमा धन्यवाद ज्ञापन गर्दै उच्च मनोबल र सकारात्मक सोचले मात्रै महामारीलाई परास्त गर्न सकिने भएकाले नगरबासीलाई विचलित नहुन आह्‍वान गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.