युरोपेली संघले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने

ब्रसेल्स- युरोपेली संघले थोरै तथा मध्यम आय भएका मुलुकहरुका लागि दश करोड खोप उपलब्ध गराउने भएको छ ।

कोरोनाभाइरसको महामारीमा परेका ती देशहरुलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोनाभाइरस विरुद्धको खोप संघले दिने भएको हो । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले सो खोप ती देशहरुलाई यस बर्षको अन्त्य सम्ममा उपलब्ध गराइने निर्णय भएको शुक्रबार जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सम्मेलनलाई सम्वोधन गर्दै उहाँले यो प्रारम्भीक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताउनुभयो । यसैबीच सोहि सम्मेलनमा बोल्दै चिनियाँ राष्ट्रपति सी जिन्पिङ्गले आफ्नो क्षमताले भ्याए सम्म विश्व का राष्ट्र हरुलाई खोप उपलब्ध गराउने बताउनुभएको छ। चीनले हाल सम्म ३० करोड खोप विभिन्न रास्ट्रहरुलाइ दिएको पनि उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.