संक्रमित र संक्रमणमुक्तको संख्या करिव बराबर, २४ घण्टामा थप १२९जनाको मृत्यु
काठमाडौं– नेपालमा लगातार संक्रमितको संख्या वृद्धि हुँदै आएकोमा कोभिडको दोस्रो लहमा पहिलोपटक संक्रमणमुक्तको संख्या हाराहारीमा पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३५७ को पीसीआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ५९१ र ३८९ गरी थप आठ हजार ९ सय ८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभर सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको छ । हालसम्म २८ लाख ९७ हजार ५०३ को पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार ८ सय ४८ उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ । कारोना निको भएको दर ७५ दशमलव ८ प्रतिशत रहेको छ ।
गत २४ घण्टामा थप १२९जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार १५३ पुगेको छ ।
आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० रहेको छ । मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २१ लाख १३ हजार ८० ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन् ।
दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख १४ हजार २५३ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्