कोरोना संक्रमित निको हुने दर वृद्धि, संक्रमित संख्या घट्यो : २४ घण्टामा ७९१४ संक्रमित, निको हुने ७६६४ जना

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको निको हुने दर वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७६ दशमलव ३ प्रतिशत पुगेको छ । गत २४ घण्टामा ७६६४ जना निको भएका छन् । हालसम्म ३ लाख ९१ हजार ३ सय ४८ जना निको भएका छन् ।

१८९६५ जनाको पीसीआर र ९६१ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ७५९८ र ३१६ गरी गत २४ घण्टामा ७९१४ जना संक्रमित थपिएका छन् । हालसम्म जम्मा पोजेटिभ केसहरु ५ लाख १३ हजार २ सय ४१ रहेको छ ।

गत २४ घण्टामा १ सय ९३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा संक्रमणबाट मृत्यु हुने संख्या ६३४६ जना रहेको छ ।

काठमाडौंमा १७६१, भक्तपुरमा ३६६ र ललितपुरमा ६९४ जना गरी उपत्यकामा २ हजार ८ सय २१ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.