मलेशियाका भूतपूर्व प्रधानमन्त्री नाजिव रजाकले भ्रष्टाचार गरेको ठहर

मलेशिया- मलेशियाका भूतपूर्व प्रधानमन्त्री नाजिव रजाकलाई त्यहाँको अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै फैसला सुनाएको छ । भूतपूर्व प्रधानमन्त्री रजाकले आफू प्रधानमन्त्री हुँदा फस्ट एमडीबी लगानी कोषको करोडौं डलर भ्रष्टाचार गरेको अदालतको ठहर छ ।

अदालतको यो फैसला नाजिव रजाकको मले पार्टी सत्ताच्युत भएपछि करिब ५ महिनापछि आएको हो । सन २०१८ मा भएको निर्वाचनमा नाजिवको पार्टीले पराजय व्यहोरेको थियो । र त्यसवेला चुनाव हार्नुको मुल कारण नाजिवको भ्रष्टाचारको मुद्दा नै थियो ।

न्यायधिश मोहमद नाज्लान घाजालीले भूतपूर्व प्रधानमन्त्री नाजिवमाथि लागेका सबै ७ वटा आरोपहरु सही भएको प्रतिकृया दिनुभयो । न्यायधिशले करीव २ घण्टा लगाएर फैसला सुनाएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.