हिमपातले सगरमाथा आरोही र सहयोगी अड्किए

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथामा भइरहेको ठूलो हिमपातका कारण झन्डै १५० जना पर्वतारोही र आरोहण दलका सहयोगीहरू लगभग ६,४०० मिटर उचाइमा बस्न बाध्य भएको अधिकारीहरूले बताएका छन्।

सगरमाथा आधार शिविरमा रहेका एक सरकारी अधिकारीले मौसम बिग्रिने सूचनासँगै चौथो शिविरसम्म पुगेका पर्वतारोहीहरू दोस्रो शिविरमा फर्किएको जानकारी दिनु भएको छ । अहिले कोही पनि पर्वतारोही दोस्रो शिविरभन्दा माथि नरहेको भन्दै उहाँले आरोहण सम्पन्न गरी आधार शिविर फर्किने क्रममा घाइते भएका केहीले हेलिकप्टरमार्फत् उद्धारको प्रतीक्षा गरिरहेको जानकारी दिनु भएको छ ।

आरोहिमध्ये केही क्याम्प २ मा र केहि आधार शिविरमा रहेका छन्। अब आरोहीहरु मे २६ सम्म मौसम सफा हुने पर्खाइमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.