उपप्रधानमन्त्रीसहित १० मन्त्री र ३ राज्यमन्त्रीलाई बिदा

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनमा १० मन्त्री र ३ राज्यमन्त्रीलाई बिदा दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि नै नियुक्त गर्नुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित पहिलोपटक प्रतिनिधि सभा विघटनपछि नियुक्त हुनुभएका प्रेमबहादुर आलेसम्मलाई बिदा दिइएको छ ।

बिदा भएका मन्त्रीहरु

१. ईश्वर पोखरेल उपप्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२. प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
३. हृदयेश त्रिपाठी मन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्या
४. भानुभक्त ढकाल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
५. पद्माकुमारी अर्याल मन्त्री कृषि तथा पशुपन्छी विकास
६. पार्वत गुरुङ मन्त्री सञ्चार तथा सूचना प्रविधि
७. डा. शिवमाया तुम्बाहाङफे मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
८. गणेशसिंह ठगुन्ना मन्त्री सङ्‍घीय मामिला तथा सामान्य प्रशासन
९. प्रेमबहादुर आले मन्त्री वन तथा वातावरण
१०. जुलीकुमारी महतो मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
११. नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्‍ख्या
१२. रामबिर मानन्धर राज्यमन्त्री शहरी विकास
१३. विमला वि.क. राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.