नयाँ संवैधानिक इजलास गठन, प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथिको सुनुवाइ आजदेखि

कठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोक्नु भएको छ ।

इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनु भएको छ ।

यसअघि गठित संबैधानिक इजलासमा संलग्न न्यायधीशका बारेमा वकिलहरुले असहमति जनाएपछि सर्वोच्च बार र प्रधानन्यायधीशबीच बरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति भएको थियो ।

आजदेखि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि संबैधानिक इजलासमा वहस शुरु हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.