गुरुङद्वारा गण्डकीको मुख्यमन्त्री दाबी

काठमाडौं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङले दाबी गर्नुभएको छ ।

प्रदेशसभाबाट विश्वासको मत लिन असफल हुनुभएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि ३२ जना सांसदसहित बहुमत दाबी गर्दै प्रदेश प्रमुखमा निवेदन दिनुभएको छ ।

जनता समाजवादी पार्टी र जनमोर्चा प्रदेश समितिको पत्रसहित गुरुङले मुख्यमन्त्री दाबी गर्नुभएको हो । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू संसदीय दलको नेता भन्दै गुरुङलाई समर्थन गरेको पत्र प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ ।

विपक्षी गठबन्धनले शुक्रबार नै सशरीर ३१ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेको थियो ।

६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.