आयात निर्यात व्यापारलाई सहजीकरण गर्न स्वास्थ्य सामग्री प्रदान

रसुवा- आयात निर्यात व्यापारलाई सहजीकरण गर्न नेपाल हिमालय सीमापार वाणिज्य संघले रसुवा जिल्लालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

कोरोना संक्रमण दर बढेको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघले जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

संघका केन्द्रीय सदस्य फिन्जो लोप्चनले जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सर्जिकल मास्क ३० हजार, एन ९५ मास्क दुई हजार, पिपिई ४० सेट, स्यानिटाइजर ६० लिटर, अक्सिमिटर ५० थान, फेससिल्ड २ सय १० थान, सनग्लास २० सेट र चस्मा २० थान सामग्री प्रदान गरेका छन् ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्राी हस्तान्तरण गर्दै संघले आयात निर्यात व्यापारलाई सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय रसुवा तथा संलग्न अन्य निकायको प्रयोजनार्थका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको बाणिज्य संघले बताएको छ ।

यस अघि पनि संघले कोरोना रोकथाम तथा नियन्त्रणका लागिरसुवागढी नाकामा काम गरने चालक तथा मजदुरहरुलाई पिपिई सेट सर्जिकल माक्स लगायतका स्वस्थ्य समाग्री प्रदान गरि सकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.