कोरोना संक्रमित भन्दा निको हुने बढे

गत २४ घण्टामा ४०२० जना निको हुँदा २७६८ जना संक्रमित

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने संख्या बढी भएको छ । अघिल्लो २४ घण्टामा भने निको हुनेभन्दा संक्रमित बढी थिए ।

गत २४ घण्टामा ४०२० जना निको हुँदा २७६८ जना संक्रमित भएका छन् । १३ हजार ३७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २७६८ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाले ८६४१ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोनामुक्त हुने दर वृद्धि भएर ८९ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार काठमाडौंमा ३९४, भक्तपुरमा ५४ र ललितपुरमा ६० जना गरी उपत्यकामा ५०८ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.