विद्युत् प्राधिकरण पूर्वतयारीमा

काठमाडौं– बाढी पहिरोका कारण हुने विद्युत् प्रसारणको अवरोध तत्काल नियमित गर्न नेपाल विद्युत् प्राधिकरणले आवश्यक जनशक्ति सहित विपद् पूर्व तयारी गरेको छ ।

स्याफ्रुबेँसीदेखि रसुवागढी क्षेत्रको सडक मार्ग अन्तरगत प्रायः जसो स्थानमा पहिरो जाँदा विद्युतको खम्वा ढल्ने र तार चुँडिने समस्या बढेपछि अन्तर्राष्ट्रिय सीमा रसुवागढीनाका क्षेत्रमा बत्तीको तत्काल आपूर्ति व्यवस्थापन मिलाउन विद्युतका नयाँ खम्वा तथा तार तयारी अवस्थामा राखिएको हो ।

चीनबाट आयात भएका सामग्रीको भन्सार अभिलेख तयार गराउन सञ्चालन हुने उपकरण, टिमुरेका स्थानीय, सुरक्षा निकाय, राष्ट्रिय गौरवको निर्माणाधिन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजना समेतका क्षेत्रलाई तत्काल विद्युत् आपूर्तिमा सहज पार्न विपद् पूर्व तयारीको व्यवस्थापन गरिएको नेपाल विद्युत प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमबहादुर भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.