दुई महिनापछि काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन
२५ सीटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको छ
काठमाडौं– काठमाडौं उपत्यकामा दुई महिनापछि सार्वजनिक यातायात सञ्चालन भएका छन् ।
वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएपछि सार्वजनिक यातायात बन्द भएको थियो । दुई महिनाको निषेधाज्ञापछि आजदेखि सार्वजनिक यातायात जोर विजोर प्रणालीमा सञ्चालन भएको हो । २५ सीटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
कारोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले गत वैशाख १६ निषेधाज्ञा जारी गरेको थियो ।
यातायात आंशिक खुलाइए पनि उपत्यकाभित्र निषेधाज्ञा भने एक साताका लागि थप गरिएको छ । सबै किसिमका पसलहरू बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्न पाइने भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्