एमाले महाधिवेशन आयोजक समिति खारेज

महाधिवेशन आयोजक समितिलाई खारेज गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण

काठमाडौं– नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज भएको छ ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई खारेज गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीको बैठक असार १८ गते बोलाइएको छ ।

बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र वेदुराम भूसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ । बादल, भट्ट, रायमाझी र थापा माओवादी केन्द्रबाट आउनुभएको हो ।

प्रवक्ता ज्ञवालीले महाधिवेशन आयोजक समिति केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वतः निष्प्रभावी भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.