रसुवामा पनि कोरोना नियन्त्रण आउन सकेन
रसुवा– हिमाली जिल्ला रसुवमा कोरोना संक्रमण नियन्त्रण नआएको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई आगामी असार ३१ गते सम्मका लागि थप गरेको छ।
जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । संक्रमण नियन्त्रणको लागी निषेधाज्ञामा थप कडाइ गर्दै समय बढाइएको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद ढकालले जानकारी दिनु भयो ।
जिल्लामा संक्रमणको जोखिम कायमै रहेकोले जनस्वास्थ्यको मापदण्डको पालनामा कडाइ गरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्