लगाउन मिल्ने उमेरका सबैलाई खोपको व्यवस्था भइरहेको सरकारको भनाइ

काठमाडौं– कोरोना विरुद्धको खोप लगाउने योग्य उमेर समूहका सबैका लागि आवश्यक पर्ने खोपको व्यवस्था भइरहेको सरकारले जनाएको छ ।
साउन १५ गतेभित्र मित्रराष्ट्र चिनबाट खरिद गरिएको खोप आउने र लगाउने अभियान जारी रहने भएकाले आफ्नो पालो र उमेर खुल्ने परिचयपत्रको साथमा खोप केन्द्रमा जान स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । त्यसैगरी ६५ वर्ष माथिका पहिलो मात्रा कोभिसिल्ड लगाएर बसेका सबैका लागि दोस्रोमात्रा खोपको व्यवस्था भइसकेको पनि मन्त्रालयले जनाएको छ । यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर प्रतिक्षामा रहेकाहरुलाइ छिट्टै अष्ट्राजेनेका खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
जनस्वास्थ्यको मापदण्ड पालना गरी संयमित भइ खोप अभियानमा सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ । यसैबिच नेपालमा कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको निधन भएको छ। त्यसैगरी गत २४ घण्टामा १ हजार ८ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ । यहि अवधिमा २ हजार १ सय ६४ जना संक्रमणमुक्त भएका छन् । हाल ५ सय ८३ जनाको आईसीयु र १ सय ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्