७२ सालको भुकम्पले भत्किएको रसुवाको सभाहल अझै पुनर्निर्माण हुन सकेन

रसुवा- २०७२ सालको भूकम्पले भत्किएको रसुवाको सदरमुकाम धुन्चेस्थित एक मात्र सभाहलको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन ।

पुनर्निर्माण कार्यालय तथा राजनितिक खिचातानीका कारण ढिलासुस्तीले भूकम्प गएको ६ वर्ष बित्दा पनि सभाहलको पुनर्निर्माण हुन नसकेको हो ।

जिल्ला विकास समितिको माताहतमा रहेको सभाहल पुनर्निर्माणको नाममा जिल्लामा यथेष्ट काम भएपनि संघ, प्रदेश तथा स्थानीय सरकारको पहलमा सदरमुकामको बीच भागमा रहेको जिल्लाकै एक मात्र सभाहल तत्काल निर्माण गरिनुपर्ने माग स्थानीयहरुले गरेका छन् ।

करिब चार दशकअघि निर्माण गरिएको यस हलबाट विभिन्न सभा, समारोह, गोष्ठी जस्ता कार्यक्रम समेत सञ्चालन हुँदै आएकोमा अहिले हल नहुँदा यस्ता कार्यक्रम खुला आकाशमुनी गर्ने गरिएको छ ।

पुनर्निर्माण कार्यालयका अनुसार निर्माण गरिएको डिपीआर अनुसार सभाहल निर्माणका लागि करिब चालिस करोड रुपैयाँ लाग्ने अनुमान गरिएपनि बार्षिक पाँचदेखि दश लाख रुपैंया आउने मात्र बजेट बिनियोजन भई आउने गरेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.