कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा पर्सामा ४ जनाको मृत्यु
थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा ३८ जना संक्रमित
काठमाडौं- कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा पर्साका ४ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म कोरोनाका कारण देशभर ५६ जनाको मृत्यु भएको छ ।
यसैगरी देशभर थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर गर्दा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३८ जना संक्रमित काठमाडौ उपत्यकाका रहेका छन् ।
यस्तै गत २४ घण्टामा मात्र १५१ जना संक्रमित निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनु भएको छ । योसँगै कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ हजार ३९९ जना पुगेको छ । हाल १२ हजार १११ क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्