काँग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा

काठमाडौं- सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमामा जारी छ ।

पार्टीको महाधिवेशन र क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा छलफल केन्द्रित रहने नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काँग्रेस नेता रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा निर्धारित समय सकिँदासमेत विवाद मिल्न नसकेपछि हिजो बसेको पदाधिकारी बैठकले एक दिनको थप समय दिएको थियो ।

आजको बैठकमा समितिले पुनः प्रतिवेदन बुझाउने जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.